अदालतका कर्मचारी आन्दोलित

106

नेपालगन्ज, चैत ८–
न्याय सेवा तथा सरकारी वकील समुहका कर्मचारीहरु आन्दोलित बनेका छन् । कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता अर्थमन्त्रालयले कटौती गरेको भन्दै विरोध स्वरुप आन्दोलन गरेका हुन् । पुनरावेदन अदालत नेपालगन्ज, बाँके जिल्ला अदालत र पुनरावेदन तथा सरकारी वकील कार्यालयका कर्मचारीले आन्दोलन स्वरुप आइतबारदेखि धर्ना दिदै आएका छन् । आफु कार्यरत कार्यालय अगाडी उनीहरुले बिहान १० देखि दिउँसो १ बजे सम्म धर्ना दिदै आएका छन् ।

 धर्नामा बसेका पुनरावेदन अदालत नेपालगन्जका कर्मचारी ।

धर्नामा बसेका पुनरावेदन अदालत नेपालगन्जका कर्मचारी ।

बिरोध स्वरुप फागुन ३० गतेदेखि हातमा कालोपट्टी बाधेर कार्य क्षेत्रमा खटिएका कर्मचारीले माग सुनुवाई नभएको भन्दै आइतबारबाट कार्यालय अगाडी धर्ना बसेर काम बहिस्कार गर्न थालेका हुन् । अर्थ मन्त्रालयले कर्मचारीको बृत्ति विकास एवम् जीवन निर्वाहका विरुद्ध आन्दोलनमा उत्रिनुपरेको कर्मचारीले बताएका छन् । आफुहरुको माग पुरा नहुँदा सम्म आन्दोलन नरोक्ने कर्मचारीले चेतावनी दिएका छन् । कर्मचारीको आन्दोलनका कारण अदालत र सरकारी वकिल कार्यालयको कामकाज प्रभावित हुदै आएको छ ।

Womui
Womui