होली जात्रामा दुई युवा समूहबीच झडप,

108
चितवन, चैत ९-
चितवनको दारेचोक–३ लामिडाँडाको फागु मेलामा दुई युवा समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय सोराहाका १५ वर्षीय आशिक गुरुङ, १४ वर्षीय सुदीप गुरुङ र २१ वर्षीय हस्तबहादुर गुरुङ घाइते भएका छन्। जसमध्ये सुदीप र हस्तबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। राति १ बजेको समयमा स्थानीय गुरुङ र मगर युवाबीच झडप भएको थियो।
Womui
Womui