प्राकृतिक सुनदरता देखेर राजकुमार ह्यारी चकित

130

नेपालगन्ज, चैत ९-
बेलायती राजकुमार ह्यारी बर्दियाको प्राकृतिक सुन्दरतासँगै जैविक विविधता देखेर ‘चकित’ परेको बताएका छन् । उनले फेरि घुम्न आउने वाचा समेत गरेका छन् । सोमबार बर्दिया पुगेका ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्ज तथा डल्लामा रहेको थारु होमस्टेको अवलोकन गरेपछि फेरि पनि बर्दिया घुम्न आउने बताएका हुन् । बिहान निकुञ्जभित्रको गैंडामचान नजिक हेलिकोप्टरबाट ओर्लिएका ह्यारीलाई बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले स्वागत गरेका थिए । त्यसलगत्तै राजकुमार ह्यारीले निकुन्ज छेउमा रहेको खौराहा खोलामा करिव ४५ मिनट ¥याफ्टिङको मजा लिएका थिए ।

बर्दियामा र्याफ्टिङ गर्दै राजकुमार ह्यारी ।
बर्दियामा र्याफ्टिङ गर्दै राजकुमार ह्यारी ।

र्याफ्टिङपछि ह्यारीले करिव २० मिनट जंगल ‘वाक’ गरेका थिए । उनले बाघको गतिविधि ट्रयापिङ गर्दै आएको क्यामरा ‘ट्रयापिङ’ प्रविधिको अवलोकन समेत गरेका थिए । राजकुमार ह्यारीले निकुञ्जको अवलोकनपछि जैविकमार्गमा रहेको होमस्टेमा थारु लाठी नृत्य अवलोकन गरेका थिए । साथै गोबरग्याँसको बारेमा उनले जानकारी लिनुका साथै जैविकमार्गमा स्थानीयले गरेको संरक्षणलाई जारी राख्न सुझाव पनि दिए । नेपाली सेनाको रण शार्दुल गणका कर्नेण राजेन्द्र पन्थले ह्यारीलाई ‘ब्रिफिङ’ गर्दै बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको संरक्षण कार्यबारे जानकारी गराएका थिए । बर्दिया राष्ट्रिय निकुन्ज दुर्लभ वन्यजन्तुको ‘हट स्पट’ मात्र नभइ बेलायती राजकुमार ह्यारीले रोजेको पश्चिम नेपालको पर्यटकिय गन्तव्य भएको निकुन्जका संरक्षण अधिकृत रमेश थापाले बताए ।

बर्दिया निकुन्जमा बेलायती शाही परिवारका सदस्य ह्यारी १ सय ४० बर्षपछि आएका हुन् । ह्यारीका बाजे युवराज एड्वर्ड सप्तमले महारानी भिक्टोरियाका साथ वि.सं.१९३२ को हिउ“दमा बर्दियाको चार कोशे झाडीमा शिकार खल्न आएको इतिहास रहेको थापाले बताए । राजकुमार ह्यारीका बाजेलाई लिएर शिकार खेलाउन श्री ३ जंगबहादुर राणा स्वयम् आएको बताईन्छ । इतिहास अनुसार, ८०० वटा हात्तीको लस्कर लिएर जंगबहादुुरले बेलायती राजकुमारलाई रोमान्चक शिकार खेलाएको बताइएको छ । तर, यसपटकको भ्रमण शिकार खेल्नलाई नभई वन्यजन्तुको संरक्षण र पर्यटनको विश्वव्यापी प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्य रहेको थियो । राजकुमार ह्यारी सोमबार नै बर्दियाबाट फर्किएका छन् ।

Womui
Womui