चीनसँग पारवहन सम्झौताले तेल ल्याउन ढोका खुल्यो

47

बेइजिङ, चैत ८–
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा इन्धन व्यापार सम्झौता नहुने चर्चा अन्ततः सत्य सावित भएको छ । नेपालको आवश्यकताको एक तिहाई इन्धन लिने समझदारी चीनसँग यसअघि नै भए पनि सोमबार बेइजिङमा प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच भएको वार्ताको क्रममा नेपाल–चीनबीच भएको दश बुँदे सम्झौतामा इन्धन व्यापार गर्ने उल्लेख छैन । तर चीनसँग भएको पारबहन यातायात सम्झौताले चीनको बन्दरगाह भएर तेस्रो देशबाट तेल वा अन्य व्यापार गर्न नेपाललाई ढोका खुलेको वार्तामा सहभागी अधिकारीले बताए ।

पारबहन सम्झौताले मंगोलियाले जस्तो तेस्रो देशबाट क्रुड आयल किनेर चीनमा वा आफैँ प्रशोधन गरी प्रयोग गर्ने बाटो खोलेको अधिकारीको तर्क छ । भारतीय नाकाबन्दीपछि चीनबाट तेल ल्याउने चर्चा स्वयं प्रधानमन्त्री, आपूर्तीमन्त्री र नेताहरूले चलाएपछि जनअपेक्षा बढेको थियो । प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा चीनसँग तेल व्यापार सम्झौता हुन नसक्दा नेपालमा उनको आलोचना बढेको छ । अहिले नै सम्झौतामा पुग्न नसकिए पनि नेपाल र चीनबीच तेल व्यापारका लागि पूर्वाधार तीब्र बनाउने सहमती भएको र संयुक्त वक्तव्यमा यससम्बन्धी प्रतिवद्ध आउने वार्तामा सहभागी अधिकारीहरूले जनाएका छन् ।

Womui
Womui