बर्दिया निकुन्जमा रमाउँदै बेलायती राजकुमार ह्यारी

46

नेपालगन्ज, चैत ८-

बेलायती राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुन्जमा रमाइरहेका छन् । सोमबार बिहान ९ बजेर २० मिनेटमा निकुन्जको हेलिप्याडमा उत्रेका ह्यारी अहिले कर्णाली नदिको भंगालो औराहामा र्याफ्टिङ गरेका छन् । ह्यारीको टोली दुई वटा हेलिकप्टरबाट आएको छ । उनको साथमा बेलायती विदेश मन्त्रालयका अधिकारी, सुरक्षा तथा भ्रमणसम्वद्ध अधिकारी पनि छन् ।

Harry- Helecoptor

बेलायती महारानीका प्रतिनिधिको रुपमा पाँच दिने औपचारिक भ्रमणमा ह्यारीको रोजाईमा दक्षिण एशियाको ठूलो बाघ संरक्षण क्षेत्र बर्दिया र बाँके राष्ट्रिय निकुन्ज परेको हो । करिव एक घण्टा सम्म र्याफ्टिङ गरेका राजकुमार अहिले जंगलमा ड्राइभ तथा पदयात्राका क्रममा छन् । त्यहाँबाट उनी ६ किमी परको सुर्यपटुवास्थित जैविक मार्ग अवलोकन र डल्ला होमस्टेमा जाने कार्यक्रम रहेको निकुन्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए ।

Prince-Harry-visiting- Bardiya National Park

डल्लामा उनले थारु संस्कृति र रहनसहन अवलोकन गर्नेछन् । थारु समुदायले जातिय भेषभुषा र परम्परामा राजकुमार ह्यारीको भव्य स्वागतको तयारी गरेका छन् । होमस्टेमा केहीबेर थारु होम स्टे, बायो ग्यास, थारु नाच सँंस्कृति र गैंडा बासस्थान स्थलको अवलोकन गर्नेे कार्यक्रम रहेको छ ।

Womui
Womui