निगमले किन्ने तेलको मूल्य बढ्यो, उपभोक्ता मूल्य भने यथावत

58

काठमाडौं, चैत ८-

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बिस्तारै उकालो लाग्न थालेको छ । डेढ बर्षदेखि ओरालो लागेको मूल्य माथि चढ्न थालेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको समाचार आजको नयाँ पत्रिकामा छ । कच्चा तेलको मूल्यमा सामान्य बृद्धि भएपछि भारतीय आयल कर्पोरेसनले निगमलाई पठाएको नयाँ मूल्यसूची बढेर आएको छ । सोही कारण इन्धनको मूल्य घट्ने अपेक्षाविपरीत निगमले आइओसीबाट भर्खरै प्राप्त नयाँ मूल्य सूचीमा पेट्रोल ४ रुपैयाँ र डिजल/मट्टीतेल साढे ३ रुपैयाँ बढेर आएको निगमले जनाएको छ । लामो समयपति आइओसीले यसपटक पठाएको इन्धन खरिददर बढेर आएको छ त्यसैले हामीले नेपाली बजारमा इन्धनको मूल्य समायोजन नर्गे सोच बनाएका छौं’ निगमका प्रवक्ताले भने । बढेर आएको मुल्यमा पनि निगमलाई नाफा छ ।

Womui
Womui