मदरसाका बालबालिकालाई शैक्षिक सामाग्री

60

नेपालगन्ज,  चैत ७-
बाँकेका विभिन्न मदरसामा अध्ययनरत अति विपन्न परिवारका ४९ जना बालबालिकालाई बाँके युनेस्को क्लबले शैक्षिक सामाग्री वितरण गरेको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँकेका तीन वटा मदरसामा अध्ययनरत ४९ जना बालबालिकालाई क्लबले ब्याग सहित कपि, कलम, पेन्सिल, रबर, कटर वितरण गरेको हो । सेभ द चिल्ड्रेनका क्षेत्रीय वरिष्ठ प्रबन्धक विरेन्द्र ठगुन्ना, सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक बाल मुकुन्द महत र बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानले बालबालिकालाई सामाग्री हस्तान्तरण गरे । बालिकाहरु मात्र अध्ययन गर्ने मदरसा आयशतुल बनात, दारुलउलुम मस्उदिया गरिब नवाज नेपालगन्ज–२३ इन्द्रपुर र मदरसा गुलशन ए मदिनाका बालबालिकालाई सामाग्री हस्तान्तरण गरियो ।

Samagri Bitaran 1

सो अवसरमा बोल्दै सेभ द चिल्ड्रेनका क्षेत्रीय वरिष्ठ प्रबन्धक विरेन्द्र ठगुन्नाले बाँकेका मदरसाहरुलाई सेभ द चिल्ड्रेनले गरेको सहयोगबाट मदरसाको शैक्षिकदेखि भौतिक गुणस्तर बृद्धिमा ठुलो टेवा पुगेको बताए । उनले मदरसामा अध्ययनरत बालबालिकाको भविष्य सुधारमा अभिभावकको अहम भूमिका भएकोले समय, बालबालिकाको उमेर र उनीहरु माथि गरिने लगानीमा ध्यान दिन सबैसँग आग्रह गरे । सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक बालमुकुन्द महतले मुस्लिम समुदायका बालिकाहरुको शिक्षामा बिशेष ध्यान दिनु पर्नेमा जोड दिंदै मदरसा मूल प्रवाहीकरण कार्यक्रमले मदरसा ब्यबस्थापनमा ठुलो सहयोग पुगेको बताए ।

Samagri Bitaran 2

बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानले मदरसालाई मूल प्रवाहमा ल्याउन सेभ द चिल्ड्रेनले क्लबको अभियानमा शुरुदेखि नै सहयोग गर्दै आएकोमा अब पनि निरन्तर सहयोगको खाँचो रहेको बताए । सो अवसरमा बाँके युनेस्को क्लबका वरिष्ठ कार्यक्रम संयोजक नवराज शर्मा र कार्यक्रम संयोजक गुलाम गौस कादरीले पनि मदरसाहरुको अवस्थाबारे बोलेका थिए ।

Womui
Womui