बसले ठक्कर दिदाँ २ को मृत्यु

28

दाङ, चैत ८–
बसले ठक्कर दिदा तुलसीपुरमा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । आइतबार राती बसको ठक्करबाट तुलसीपुर–१ रानागाउँका ६२ वर्षीय फुर्सी खत्रीको घटनास्थलमै र सोही ठाउँका ९ वर्षीय बालक बरुण थापाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । तुलसीपुर–सल्यान सडक खण्डको तुलसीपुर–१ राणा गाउँमा पाल्पादेखि रुकुम जाँदै गरेको ना ५ ख ७२८२ नम्बरको बसले बा २३ प ५९५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ९ वर्षीय बालक मोटरसाइकलमा सवार थिए वा बाटोमा हिडिरहेका बेला बसले ठक्कर दिएको हो भन्नेबारे खुल्न सकेको छैन । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक तुलसीपुर–१ निवासी चालक रामबहादुर केसी र मोटरसाइकलमा सवार गीता केसीलाई उपचारका लागि बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Womui
Womui