होलीमा लोला हाने एक वर्ष कैद!

60

काठमाडौं, चैत ८–
होली मनाउने मुडमा हुनुहुन्छ? सचेत हुनुस् । कतै सार्वजनिक मुद्दाको फन्दामा पर्नु होला है । होलीमा जबर्जस्ती रंग हाल्ने, लोला हान्ने र विकृत गतिविधि गर्नेलाई १० हजार रुपैयाँ जरिवानादेखि १ वर्षसम्मको जेल सजाय हुने भएको छ। सुरक्षा कायम गर्न उपत्यकाका तीनवटै प्रहरी परिसरले ५ हजार सुरक्षाकर्मी परिचालन गर्ने जनाएका छन् ।

महानगरीय ट्राफिक महाशाखाको संयोजकत्वमा होली पर्व विशेष एकीकृत सुरक्षा योजना बनाइएको छ । खुला रुपमा मद्यपान, धुम्रपानजस्ता विकृतिपूर्ण कायषर्् गर्नेलाई कारबाही गर्ने तीनवटै परिसर प्रमुखले जनाएका छन् । ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले प्रत्येक चोकमा प्रहरीको मोबाइल टोली परिचालन गरिने बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Womui
Womui