वन्यजन्तु हेर्न ह्यारी बर्दिया आउने तयारी

101

बर्दिया,चैत ८–
बेलायती राजकुमार ह्यारीको तेस्रो दिन सोमबारका चार घन्टा मध्यपश्चिमस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा बित्नेछ । निकुञ्ज प्रशासन दुर्लभ वन्यजन्तु देख्न सकिने स्थान अवलोकन गराउने तयारीमा छ भने आफ्नो कला–संस्कृति र पर्यापर्यटन देखाउने कार्यक्रम थारु समुदायले बनाएको छ । यसअघि अस्कर अवार्ड विजेता हलिउडका चर्चित अभिनेता लियोनार्दो डि क्याप्रियोले बर्दिया निकुञ्जसँग साइनो गाँसेका थिए । उनले त्यहाँको बाघ संरक्षणका लागि अमेरिकाको न्युयोर्कस्थित विश्व वन्यजन्तु कोष मुख्यालयमार्फत अहिलेसम्म ४० करोड रुपैयाँ सहयोग गरेका छन् ।

Rajkumar

राजकुमार ह्यारीको रोजाइ पनि बर्दिया राष्ट्रिय निकुञ्ज नै परेको छ। उनी चढेको हेलिकप्टर सोमबार बिहान नौ बजे निकुञ्जभित्र गैंडा मचानको हेलिप्याडमा ओर्लनेछ । ह्यारीले पनि बाघ संरक्षणलाई महत्व दिएका छन् । उनले त्यहाँ बाघ संरक्षण र अनुसन्धानबारे प्रस्तुति पनि सुन्नेछन् । ‘बाघ संरक्षण, अनुसन्धान र गणनाबारे प्रस्तुति सुन्ने कार्यक्रम छ,’ निकुञ्ज स्रोतले भन्यो ।

निकुञ्ज प्रशासनले ह्यारीका लागि पाँचवटा कार्यक्रम तयारी गरेको छ । ‘हामीले वन्यजन्तु देखिनसक्ने वातावरण मात्र तयार गरिदिने हो, देखिने न देखिने उहाँको भाग्यमा भर पर्छ,’ निकुञ्ज प्रशासन स्रोतले भन्यो । निकुञ्जले राजकुमार ह्यारीलाई बाघ, गैंडा, बाह्रसिंगाजस्ता दुर्लभ वन्यजन्तु देखिने सम्भावित क्षेत्र घुमाउने योजना बनाएको छ । ह्यारीले कर्णालीबाट छुट्टिएको गेरुवा नदीको शाखा खौराहामा करिब एक घन्टा र्याफ्टिङ गर्नेछन् ।

Womui
Womui