न्यू डाँफे क्लब एक वर्षका लागि निलम्वनमा

167

नेपालगन्ज, चैत ८–
बाँके जिल्ला फुटबल संघले न्यू डाँफे स्पोटर्स क्लब खजुरालाई एक वर्षका लागि निलम्वन गरेको छ । एन्फाको आइतबार बसकेको बैठकले यस्तो निर्णय गरेको हो । गत २०७२ फाल्गुन २५ गते एन्फा जिल्ला लिग फुटबल प्रतियोगिताको फाईनल खेलमा मोडेल टिम सि गाउँ र न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा बीच भएको फाईनल खेलमा मोडेल टिम १ शुन्य गोलले विजयी भएको थियो ।

न्यू डाँफे स्पोटर्स क्लबका अध्यक्ष पुरस्कार ग्रहण गर्दै । फाईल तस्बिर: छिनछिन खबर
न्यू डाँफे स्पोटर्स क्लबका अध्यक्ष पुरस्कार ग्रहण गर्दै ।
फाईल तस्बिर: छिनछिन खबर

उक्त खेल समापनपछि पुरस्कार वितरण समारोहमा उप–विजेता न्यु डाँफे स्पोर्ट्स क्लबले पुरस्कार बहिष्कार गरि खेल नियम, खेल भावना र खेल संस्कार विपरित कार्य गरेको ठहर गर्दै सो क्लबलाई अनुशासनको कारबाही गरिएको अध्यक्ष भोजराज शाहीले जानकारी दिए । ‘फुटबल संघ तथा संघमा आवद्ध क्लबहरुले आयोजना गर्ने कुनैपनि प्रतियोगितामा १ बर्ष सम्म न्यू डाँफे स्पोर्ट्स क्लबले सहभागिता नपाउने गरि अनुशासनको कारबाही गरिएको छ,’ अध्यक्ष शाहीद्धारा जारी नोटमा भनिएको छ । साथै उक्त क्लबका सम्पूर्ण खेलाडीहरुलाई समेत सचेतना गर्दै १५ दिनको निलम्बन गरिएको छ ।

Womui
Womui