किन लिएन हिमालय एयरलाइन्सले प्रधानमन्त्रीको उडान खर्च ?

50

काठमाडौं, चैत ८–
प्रधानमन्त्री केपी ओलीलाई चीन भ्रमणका लागि आफ्नो जहाज प्रयोग गर्न दिएको हिमालय एयरलाइन्सले सबै उडान खर्च आफैं बेहोर्ने घोषणा गरेको छ। काठमाडौंबाट सिधै बेइजिङ गएपछि हिमालयको जहाजलाई प्रधानमन्त्री ओलीको टोलीले त्यहाँबाट विभिन्न गन्तव्य लैजाने उडान तालिका रहेको छ ।

Himalaya Air

काठमाडौंबाट उडेदेखि फागुन १४ गते यहीँ नफर्केसम्म लाग्ने सम्पूर्ण उडान खर्च हिमालय आफैंले बेहोर्ने घोषणा गरेको हो । निजी क्षेत्रको अन्तराष्ट्रिय वायुसेवा कम्पनी हिमालयले १२ दिनअघि काठमाडौं ल्याएको ए३२०–२१४ सिरिजको १ सय ५८ सिट क्षमतायुक्त उक्त जहाज आठ दिनका लागि स्पेसल चार्टर गरी प्रधानमन्त्री ओली आइतबार बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधा चीनको राजधानी बेइजिङ गएका छन् । ‘सरकार प्रमुखको उडान व्यवस्थापन गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो,’ हिमालयका एक अधिकारीले आइतबार नागरिकसँग भने, ‘त्यही भएर हाम्रो जहाज प्रयोग गर्दा जति खर्च लाग्छ, त्यो सबै हामी आफैंले बेहोर्ने निर्णय भएको छ ।’ उनका अनुसार आठ दिन जहाज प्रयोग गर्दा कति खर्च लाग्छ भन्ने हिसाब निकालिने छैन ।

सरकार प्रमुखको उडान भएका कारण जतिसुकै खर्च लागेपनि कम्पनी आफैंले बेहोर्ने छ । एक देशबाट अर्को देशमा जहाज लैजाँदा सम्वद्ध देशको आकाश प्रवेश गरेपछि एयर रुट शुल्क, अवतरण शुल्क, पार्किङ शुल्क, नेभिगेसनल शुल्कलगायत तिर्नुपर्छ । यस्तो शुल्क देश र विमानस्थलपिच्छे फरक हुने गर्छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा उनलाई लिएर गएको जहाजको कम्पनीका बोर्ड अध्यक्ष आङछिरिङ शेर्पा र प्रसिडेन्ट छेङ हुई पनि सँगै गएका छन् । हिमालयले गत फागुन २६ गते यो जहाज चीनको छेङ्दुबाट काठमाडौं ल्याएको थियो ।

Womui
Womui