एमालेका नेताले जिविस कर्मचारी कुटे

32

सल्यान, चैत ८–
सल्यानमा एमालेका एक जिल्ला नेताले जिल्ला विकास समितिका अधिकृतलाई कुटेका छन् । एमाले पूर्व जिल्ला अध्यक्ष लोकबहादुर डाँगीले जिविसका कार्यक्रम अधिकृत पूर्णबहादुर ओलीलाई स्थानीय विकास अधिकारीको कार्यकक्षमै कुटपिट गरेका हुन् । श्रीमती र आफ्नो नाममा गरी दुई एनजिओ चलाएका डाँगीले आफ्ना एनजिओलाई कार्यक्रम नदिएको भन्दै आँफूलाई कुटपिट गरेको पीडित ओलीले बताए ।

‘मेरा दुई दुईवटा एनजिओलाई किन कार्यक्रम दिइएन भनेर मलाई स्थानीय विकास अधिकारीज्यूको कार्यकक्षमै लात्तीले भुकुरियो,’ उनले भने । उनको दायाँ कोखामा चोट लागेको र सल्यान जिल्ला अस्पतालमा उपचार गरिएको छ । ओलीका अनुसार जिल्ला विकास समितिको सरसफाई सम्वन्धी एक कार्यक्रम नपाएको झोंकमा डाँगीले कुटपिट गरेका हुन् । आफ्नै कार्यकक्षमै कार्यक्रम अधिकृत कुटिएपछि स्थानीय विकास अधिकारी सुरक्षा खोज्दै सुरक्षाकर्मी कहाँ पुगेका थिए । डाँगीले आफ्नो नाममा रहेको नागरिक सरोकार केन्द्र र श्रीमतीको नाममा पोष्ट नेपाल नामक संस्था चलाइरहेका छन् ।

Womui
Womui