बालाजी कपास उद्योगमा आगलागी

143

नेपालगन्ज, चैत ६–
नेपालगन्ज उपमहानगरपालिकाको पुरैना, वसन्तपुरस्थित बालाजी कपास उद्योगमा आगलागी भएको छ । शनिबार बिहान साढे ४ बजेतिर उद्योगमा आगो लागेको हो । आगो चार घण्टापछि नियन्त्रणमा आएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरिक्षक रामबहादुर चन्दले जानकारी दिए ।

बालाजी कपास उद्योगमा लागेको आगो ।
बालाजी कपास उद्योगमा लागेको आगो ।

नेपालगन्ज उपमहानगरपालिकाको एउटा मात्र दमकल परिचालन हुदाँ चाडै नियन्त्रण गर्न कठिन भएको प्रहरीले जनाएको छ । चन्दले भने, ‘एउटा मात्र दमकल हुदाँ आगो निभाउन निकै कठिन भयो ।’ उद्योगभित्र लागेको आगो नियन्त्रण गर्न कठिन भएपछि दुई वटा एस्काभेटरको सहायता लिइएको थियो । क्षतिको विवरण संकलन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीबाट उद्योगमा रहको तयारी सामान, कच्चा पदार्थ, विभिन्न औजार तथा घरमा क्षति पुगेको उद्योग सञ्चालक पंकजकुमार बैश्यले बताएका छन् । उक्त उद्योगमा यसअघि पनि पटक–पटक आगलागी हुने गरेको थियो ।

Womui
Womui