कांग्रेस संसदीय दलको नेता छान्न निर्वाचन समिति

32

काठमाडौं, चैत ५-

१३औं महाधिवेशनबाट नवनिर्वाचित शेरबहादुर देउवाको नयाँ कार्यसमितिको शुक्रबार बसेको पहिलो बैठकले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसदीय दलको चुनाव गर्न रमेश रिजालको नेतृत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा सुरेन्द्र पाण्डे र गुरु घिमिरे छन् । संसदीय दलको निर्वाचन सम्पन्न गर्न रमेश रिजालको संयोजकत्वमा सुरेन्द्र पाण्डे र गुरु घिमिरे सदस्य रहेको समिति गठन गरेको हो । संसदीय दलको नेता चयनको तिथि र कार्यतालिका भने समितिको बैठकले तय गर्ने जिम्मेवारी पाएको केन्द्रीय सदस्य गोविन्द भट्टराईले जानकारी दिए । बैठकले मधेसको समस्या समाधान गरी संविधान कार्यान्वयनका लागि सबै दलसँग वार्ताअघि बढाउने निर्णय पनि गरेको छ । मँहगी, कालोबजारी नियन्त्रण गर्न र भूकम्प पीडितलाई राहत, पुनःस्थापना र पुनर्निमाणमा सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

 

Womui
Womui