पत्रकारलाई ‘धम्की’ दिएकोमा महासंघको ध्यानाकर्षण

53

नेपालगन्ज, चैत ३–
समाचारको विषयलाई लिएर पत्रकार विनय दिक्षितलाई भौतिक आक्रमणको धम्की दिइएको भन्दै पत्रकार महासंघ बाँकेले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघ बाँकेका कार्य समिति सदस्य तथा दैनिक नेपालगन्जका संवाददाता दिक्षितले दिएको जानकारी अनुसार ठेकेदार बच्छराज भन्ने रामचरण यादवले मोबाइलबाट धम्की दिएका हुन् । ठेकेदारले विना कुनै जानकारी तथा सहमति नलिएर रुख कटान गरेको विषयमा उनले समाचार लेखेका थिए ।

महासंघका सचिव तिलक गाउँलेले एक विज्ञप्ती प्रकाशित गरी अपशब्द बोल्दै ज्यानमार्ने धम्कीदिनु गम्भीर कुरा भएको ठहर गर्दै यादवलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर कारवाही अघि बढाउन माग गरेका छन् । यसैबीच प्रेस चौतारी बाँकेका सदस्य समेत रहेका दिक्षितलाई दिएको धम्कीपुर्ण घटनाप्रति चौतारी र क्रान्तिकारी पत्रकार संघले पनि भत्र्सना गरेका छन् । प्रेस चौतारी बाँकेका सचिव कमल डाँगी र क्रान्तिकारीका सचिव केशव रानाले छुट्टा–छुट्टै विज्ञप्तीमार्फत भत्र्सना गरेका हुन् ।

Womui
Womui