सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापनाको तयारी

50

काठमाडौं, चैत ४–

संविधानले व्यवस्था गरेको नेपालको संघीय संरचना अनुसार नेपालका सातै प्रदेशमा ठूला औद्योगिक क्षेत्र स्थापनाको तयारी गरिएको छ । एक हजार विगाहा क्षेत्रफल माथिका औद्योगिक क्षेत्रमा कुल ४० लाख नेपालीले रोजगारी पाउने उद्योग मन्त्रालयको अनुमान छ । उद्योग स्थापना गर्न मन्त्रालयले सात प्रदेशमध्ये विभिन्न ५ ठाउँमा जग्गा पहिचान समेत गरिसकेको छ ।

Udhyog Pic

सात वटै प्रदेशमा ठूला औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि १० लाख व्यक्तिले प्रत्यक्ष र अन्य ३० लाखले अप्रत्यक्ष गरी कुल ४० लाखले रोजगारी पाउने उद्योग मन्त्रालयले जनाएको छ । यसका लागि मुलुकका विभिन्न ५ ठाउँमा जग्गा पहिचान गरिसकिएको छ र अन्य ठाउँमा पनि जग्गा पहिचान गर्ने काम जारी रहेको छ । मन्त्रालयका अनुसार प्रदेश–१ अन्तर्गत झापाको दमक–१८ र १९ मा रतुवा र मावा खोलाको दोभानभित्र ५ सय विघा, प्रदेश–२ अन्तर्गत जग्गा पहिचान गर्न खोजी भइरहेको छ ।

यसैगरी, प्रदेश–३ अन्तर्गत मकवानपुरको हेटौंडा–१६ स्थित मयुरधाप क्षेत्रमा ३ सय विघा, प्रदेश–४ मा पनि जग्गा पहिचानको काम भइरहेको, प्रदेश–५ अन्तर्गत रुपन्देशको मोतिपुरमा ८ सय १३ विघा र बाँकेको नौवस्तामा ५ सय २५ विघा जग्गा पहिचान भएको छ । प्रदेश ६ अन्तर्गत जग्गा पहिचानको काम भइरहेको र कन्चनपुरको दैजीमा ९ सय विघा जग्गा पहिचान भएको मन्त्रालयले जनाएको छ ।

Womui
Womui