निर्वाचनका लागि डिएलएको विभिन्न समिति

43

नेपालगन्ज, चैत ३–
आसन्न नेपाल बार एशोसियशनको निर्वाचनलाई मध्यनजर गर्दै लोकतन्त्रवादी कानुन व्यवसायी(डिएलए)ले विभिन्न समिति बनाएको छ । बारको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न यही चैत २० गते मुलुकका विभिन्न स्थानमा निर्वाचन हुदैछ । निर्वाचनका लागि लोकतन्त्रवादी कानुन व्यवसायीका तर्फबाट अध्यक्षमा शेरबहादुर केसी चुनावी मैदानमा छन् । नेपालगन्जमा बुधबार सम्पन्न डिएलएको भेलाले वरिष्ठ अधिवक्ता आनन्दप्रसाद श्रेष्ठको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरेको छ ।

उक्त समितिको सह–संयोजकमा इन्द्रजित तिवारी तथा सदस्यहरुमा वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ता प्रहलादबहादुर कार्की, सुनिलकुमार क्षेष्ठ, दिपककुमार रेग्मी, गोपी चन्द्र बर्नवाल, राकेश बहादुर श्रीवास्तव, लोकबहादुर शाह, प्रमोदबहादुर श्रेष्ठ सहित सहित १ सय ५१ जना सदस्य रहेका छन् । यस्तै प्रमोदबहादुर श्रेष्ठको संयोजकत्वमा गठित भोजन समितिमा राजेन्द्रप्रसाद शर्मा सहित ५ जना, खिमराज गिरीको संयोजकत्वमा गठित सचिवालयमा प्रेमप्रसाद शर्मा र जनकबहादुर शाही तथा आवास समितिमा केवलसिंह थारु र मेहरसिंह खत्री रहेको डिएलए बाँकेका कोषाध्यक्ष विश्वजित तिवारीले जानकारी दिए ।

Womui
Womui