प्रचण्डबाटै सरकार परिवर्तनको संकेत

45

दोलखा(चरीकोट), चैत २–
राष्ट्रिय सरकारको चर्चा चलिरहेका बेला एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भनेर सम्बोधन गरेका छन् । संविधान कार्यन्वयनको लागि राष्ट्रिय सरकारको आवश्यकता रहेको बताइरहेका उनले दोलखा पुगेका बेला मन्तब्य दिँदै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री भनेका हुन् । ‘शेरबहादुर देउवाजी प्रधानमन्त्री बन्नु भएको छ,’ दोलखा सदरमुकाम चरीकोटमा हाम्रो रेडियो १०३.४ मेगाहर्जको नवौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै दाहालले भने । उनले कांग्रेसका सभापतिमा देउवाजी निर्वा्चित हुनुभएको छ नभनि प्रधानमन्त्री बन्नुभएको भनि दिएको अभिव्यक्तिलाई केहीपछि सच्याएका थिए ।

Prachanda Pic

दाहालले सो कार्यक्रममा कांग्रेसको महाधिवेशन सकिएकाले सहितको राष्ट्रिय सरकार बनाई संविधान कार्यान्वयनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । प्रचण्डले कसको नेतृत्वमा सरकार बन्ने विषयमा नबोले पनि देश अहिले विषम प्ररिस्थितिमा रहेको बताउँदै भारतले संविधानको पूर्णरुपमा स्वागत नगरेकाले पनि राष्ट्रिय सरकार चाहिएको बताएका हुन् । छिमेकी राष्ट्र भारतले संविधानको पूर्णरुपमा स्वागत नगरिसकेको अवस्थामा राष्ट्रिय सरकारको आवश्यकता रहेको भन्दै उनले घुमाउरो पारामा सरकार परिर्वतनको संकेत दिएका हुन् ।

Womui
Womui