कांग्रेस केन्द्रिय पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण गरिदै

67

काठमाडौं, चैत ३–
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित सभापतिसहित सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिँदैछ । केन्द्रीय निर्वाचन समितिले बुधवार दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच नवनिर्वा्चित सभापति शेरवहादुर देउवासहित ६४ सदस्यीय निर्वाचित केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्न लागेको कांग्रेस पार्टी कार्यालयका सचिव प्रदिप पराजुलीले जानकारी दिए ।

Congresh CCM

सभापतिमा निर्वा्चित भएको प्रमाणपत्र पाएपछि सभापति देउवाले बुधवार नै सभापतिकासहित महामन्त्री तथा कोषाध्यक्षका प्रतिस्पर्धीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी गरेका छन् । देउवा निकट स्रोतका अनुसार सभापतिमा पराजित भएका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, महामन्त्रीका प्रतिस्पर्धी अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षका उम्मेदवार चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नेछन् ।

Womui
Womui