बार एशोसियशनका पदाधिकारीलाई कांग्रेसको स्वागत

87

नेपालगन्ज, चैत २–
नेपाली कांग्रेस बाँकेले डिएलएको प्यानलबाट हालै निर्वाचित भएका पुनरावेदन र जिल्ला बार एशोसियशन नेपालगन्जका पदाधिकारीलाई स्वागत गरेको छ । कांग्रेसले आफ्नै पार्टी कार्यालयमा मंगलबार अपरान्ह एक औपचारिक कार्यक्रम गरी स्वागत गरेको हो । कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले पुनरावेदन बारका नवनिर्वाचित अध्यक्ष बलबहादुर चन्द सहित उपाध्यक्ष ओमप्रकाश त्रिपाठी, सचिव कृष्णप्रसाद जैसी, कोषाध्यक्ष रिजवान अहमद मिर्जा तथा सदस्यहरु प्रभावकर भट्टराई, देवीमाया खत्री, सतिषचन्द्र थारु, सुदिप भट्टराई, हरिषचन्द्र सिजापति, रुपनारायण विसी, श्रीकृष्ण थारु, कपिलजंग शाह, राघव कार्की, वसन्तकुमार श्रेष्ठ, राजाराम अधिकारी, राजाराम थारु र सुर्जलाल थारुलाई टिका, अविर र खादा ओढाएर स्वागत गरिन् ।

Bar-Wel Come 1

यस्तै जिल्ला बारका अध्यक्ष उदयराज बर्मा, उपाध्यक्ष प्रेमप्रसाद शर्मा, सचिव मेहरसिंह खत्री, कोषाध्यक्ष दिलेश्वर थारु लगायतलाई पनि सभापति कोइरालाले स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिईन् । स्वागत गरिसकेपछि शुभकामना दिदै कांग्रेस सभापति कोइरालाले पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशिल बनाउने प्रतिवद्धता जनाईन् । पार्टी सुदृढिकरणका लागि आफुहरु गाउँ–गाउँमा पुग्ने उनले बताईन् ।

Bar-Wel Come 2

संविधान कार्यान्वयनको महत्वपुर्ण जिम्मेवारी पुरा गर्दा पार्टीले डिएल सम्वद्ध कानुन व्यवसायीको सहयोग लिने उनको भनाई छ । पुनरावेदन बारका अध्यक्ष बलबहादुर चन्दले कांग्रेससँग सहकार्य गरेर आफुहरु अगाडी बढ्ने बताए । सो अवसरमा डिएलएका केन्द्रिय उपाध्यक्ष प्रह्लाद कार्की, वरिष्ठ अधिवक्ता भोलासिंह हमाल लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन कांग्रेस बाँकेका सचिव तप्त पौडेलले गरेका थिए ।

Bar-Wel Come 4

Bar-Wel Come 3

Womui
Womui