कांग्रेस निर्वाचन : प्रदेशको पनि नतिजा सार्वजनिक

40

काठमाडौं, चैत १–
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेतृत्व चयनकालागि भएको मतदानमा प्रदेशतर्फको नतिजा पनि आएको छ । यो सँगै सबै ६४ सदस्यीय केन्द्रीय कार्यसमितिमा नयाँ नेतृत्वको टुंगो लागेको छ । सोमबारनै खुलातर्फका २५ केन्द्रीय सदस्यको नतिजा आएको हो । प्रदेशतर्फको मतपरिणामअनुसार प्रदेश नम्बर १ बाट गुरुराज घिमिरे र भीष्मराज आङ्देम्बे निर्वा्चित भएका छन् । प्रदेश २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल, ३ बाट नविन्द्रराज जोशी र मोहनबहादुर बस्नेत, ४ बाट गोविन्द भट्टराई र सुरेन्द्रराज पाण्डे, ५ बाट दीपक गिरी र देवेन्द्रराज कँडेल, ६ बाट हृदयराम थानी र जीवनबहादुर शाही र ७ नम्बर प्रदेशबाट दिलेन्द्रप्रसाद बडु र बीरबहादुर बलायर विजयी भएका छन् । ७ वटा प्रदेशबाट २ जनाका दरले १४ उम्मेदवार विजयी भएका हुन् ।

Womui
Womui