सरकारी सेवा प्रभावकारी बनाउने प्रतिवद्धता

129

नेपालगन्ज, चैत १–
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, सहज र सरल बनाउने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । जिविस बाँकेको आयोजना तथा बागेश्वरी असल शासन क्लब बासको सहजिकरणमा राप्तीपारिको फत्तेपुरमा सोमबार सम्पन्न सार्वजनिक सुनुवाईमा प्रतिवद्धता व्यक्त गरिएको हो । सरोकारवालाले निर्माणाधिन हुलाकी सडकको काम तत्काल सञ्चालन गर्ने, बघौडा क्षेत्रमा बिद्युतीकरणका लागि पहल गर्ने, विकास निर्माणका कामका क्रममा प्राविधिकले लिने घुस÷कमिसनका बारेमा सजगता अपनाउने, विकास निर्माण लगायत विषयमा प्रतिवद्धता जनाएका छन् । झण्डै तीन घण्टा सम्म चलेको दोहोरा संवादका क्रममा उठेका प्रश्नको जवाफ सरोकारवालाले दिएका थिए ।

सार्वजनिक सुनुवाईमा जिज्ञासा राख्दै महिला ।
सार्वजनिक सुनुवाईमा जिज्ञासा राख्दै महिला ।

सो अवसरमा बाँकेका स्थानीय विकास अधिकारी जीवलाल भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सी, जिल्ला प्राविधिक कार्यालयका प्रमुख तथा इन्जिनियर गौरीकुमार श्रेष्ठ, जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख सरोज शाह, जिल्ला पशु सेवा कार्यालयका पशु विकास अधिकृत ललितजंग कुँवर, जनताको तटवन्ध कार्यालयका इन्जिनियर गोकर्णबहादुर चन्द, जिल्ला कृषि विकास कार्यालयका जाधोलाल साह, जिल्ला शासनविज्ञ मिनबहादुर मल्ल, फत्तेपुर गाविसका सचिव दिलाराम राना लगायतले सहभागिले उठाएका जिज्ञासाको जवाफ दिए । सुनुवाईको उद्धेश्य तथा नागरिक प्रतिवेदन पत्र र बर्हिगमन अभिमत पत्रको नतिजा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

Womui
Womui