दुई हजार ७ सय ५० मत गन्दा शेखर अगाडी

38

काठमाडौं, फागुन ३०–
नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्य तर्फका २ हजार ७ सय ५० मत गनेर सोमबार सम्मका लागि मत गणना रोकिएको छ । दुई हजार ७ सय ५० मतमा शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । उनले १६ सय १५ मत पाएका छन् । खुमबहादुर खड्का १६ सय ८ मतसहित दोस्रो स्थानमा छन् । कोइराला र खड्काबीच मात्रै ७ मतको अन्तर छ ।

शेखर कोईराला ।
शेखर कोईराला ।

प्रकाशमान सिंह १५ सय ७५ मत पाएर तेस्रो स्थानमा कायमै छन् । २५ केन्द्रीय सदस्य छान्न ९० उम्मेदवारबीच मतदान भएको हो । सोमबार अपरान्हसम्ममा सबै मत परिणाम घोषणा हुने निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले बताए । बुधबारदेखि खुलातर्फको मत गणना सुरू गरिएको थियो । गणना सुरू गरेको साता पुग्न एकदिन बाँकी रहँदा खुलातर्फको सबै मत परिणाम आउने भएको छ ।

Womui
Womui