सांसद लामालाई पाँच दिन थुन्न अनुमति

50

काठमाडौं, फागुन ३०–
एमाओवादीका विवादस्पद सांसद लारक्याल लामालाई ५ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । लामा आज दिउँसो १४ राउन्ड गोली सहित पक्राउ परेका थिए । लामाबारे अनुसन्धान गर्न एसपी प्रधुम्न कार्कीको नेतृत्वमा अनुसन्धान टोली बनाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रम थापाले बताए । ‘अरु हतियार छन् या छैनन, गोली किन र कहाँबाट ल्याए भन्ने टोलीले अनुसन्धान गर्नेछ’, थापाले भने, ‘उनलाई हातहतियार तथा खरखजनामा मुद्दा चलाएर अनुसन्धान गरिँदैछ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामामाथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धानका क्रममा आइतबार लामाको बंैक लकरमा १४ थान गोली फेला पारेपछि पक्राउ गरिएको हो । चाइनिज पेस्तोलमा लाग्ने खालको गोली रहेको प्रहरी स्रोतले जनाएको छ । छानवीनकै क्रममा आइतबार अख्तियारको टोलीले लामालाई दरबारमार्ग स्थित इन्भेष्टमेन्ट बैंक पुर्याकएको थियो । बैंकको लकर अख्तियारलाई देखाउने क्रममा गोली फेला परेका थिए ।

Womui
Womui