‘नेपालगन्ज युथ टि–ट्वान्टी क्रिकेट’ सुरु

189

नेपालगन्ज, फागुन ३०–
नेपालगन्ज युथ टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । मंगलप्रसाद उच्च माध्यामिक बिद्यालयको खेल मैदानमा प्रतियोगिता सुरु गरिएको हो । प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष दिपक जिएम र नेपालगन्ज युथका अध्यक्ष प्रविण कर्णले संयुक्त रुपमा आइतबार उद्घाटन गरे ।

Kriket pic 1

उद्घाटन खेलमा बुद्धयुवा क्लब कोरियनपूर र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज विजयी भएका छन् । पहिलो खेलमा बुद्धले एनपिजे ग्रिनेटलाई १४ रनले पराजित ग¥यो । यस्तै दोस्रो खेलमा महेन्द्र बहुमुखी क्याम्पसले आईसीसी क्रिकेट क्लबलाई १० विकेटले पराजित गरेको छ । उक्त प्रतियोगितामा जिल्लाका १२ क्लबहरुको सहभागिता रहेको बताइएको छ ।

Kriket pic 2

kriket pic

Womui
Womui