वरिष्ठ साहित्यकार सम्मानित

61

नेपालगन्ज, फागुन ३०–
नेपालगन्जमा तीन जना वरिष्ठ साहित्यकारलाई सम्मान गरिएको छ । मध्यपश्चिम स्रष्टा समाज बाँकेले आख्यानकार नयनराज पाण्डे, गीतकार एवम् गजलकार डा. कृष्णजंग राणा, अवधी सर्जक विष्णुलाल कुमाललाई अलग–अलग साहित्य विधा लेखन र योगदान स्वरुप सम्मान गरेको हो । डा. राणाको हिन्दी नेपाली गीत गजलको एकल प्रस्तुती समेत रहेको काव्य समागममा आधा दर्जन बढी साहित्यकारले हिन्दी नेपाली गीत÷गजल प्रस्तुत गरेका थिए ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव एवम् वरिष्ठ कथाकार सनत रेग्मीले तिनै जना साहित्यकारलाई दोसल्ला ओढाएर उनीहरुको साहित्य सिर्जना र योगदानले नेपालगन्जलाई रोशन गरेको भन्दै पे्ररणा लिनुपर्ने आवश्यक्ता औल्याए । उपन्यासकार पाण्डे र कवि कुमालको कला÷साहीत्य रचना बारेमा शुक्रऋषि चौलागाई र डा. राणाको साहित्य रचना र योगदानबारे ऋचा लुइँटेलले संक्षिप्त परिचय दिएका थिए । महेन्द्र वाग्लेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा डा. राणाले केही नेपाली र हिन्दी गीत गजल प्रस्तुत गरे । समाजका अध्यक्ष सिर्जन लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्वले पाएको सम्मानले थप उर्जा र जिम्मेवारीवोध गराएको बताए ।

Womui
Womui