नेपालगन्जमा आजबाट युथ टि–ट्वान्टी क्रिकेट

50

नेपालगन्ज, फागुन ३०–
नेपालगन्जमा आइतबार(आज) बाट नेपालगन्ज युथ टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुदैंछ । स्थानीय मंगलप्रसाद उच्च माविको खेल मैदानमा हुने प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । पहिलो उद्घाटन खेलमा वुद्धयुवा क्लब कोरियनपूर र एनपिजे ग्रिनेट क्लबवीच प्रतिस्प्रर्धा हुने नेपालगन्ज युथका अध्यक्ष प्रविण कर्णले जानकारी दिए । दोस्रो खेलमा महेन्द्र बहुमुखी क्याम्पस र आईसीसी क्लबवीच खेल हुनेछ ।

प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागिता रहेको छ । विगतका वर्षमा यो अवधिमा कम्तीमा पनि नेपालगन्जमा तीन प्रतियोगिता हुदैं आएको नेपालगन्जमा यसवर्ष भने सिनियर पुरुषका कुनै खेल भएनन् । नीजि क्षेत्रले चासो नदिनु क्यानको विवादका कारण पनि संघबाट कुनै प्रतियोगिताको आयोजना नभएको सम्वद्ध स्रोतको भनाई छ । क्रिकेट संघले जिविसको सहयोगमा स्कुल स्तरीय खेल गराएको थियो, भने हिसान बाँके वर्दियाले कोहलपुरमा उच्च मावि स्तरीय खेल प्रतियोगिता गराएको थियो ।

Womui
Womui