होपइन्टरनेशनलले १४ औं वार्षिक उत्सव मनायो

186

नेपालगन्ज, फागुन ३०–
होपइन्टरनेशनल ऐकेडेमी नेपालगन्जले आफ्नो १४ औं बार्षिक उत्सव समारोह तथा अभिभावक दिवस मनाएको छ । विद्यालयका सञ्चालक समिति अध्यक्ष सुरेशकुमार गौतमको अध्यक्षता शनिबार सम्पन्न बार्षिक उत्सव समारोहको बाँकेका सांसद देवराज भारले उद्घाटन गरे ।

Hope School

सो अवसरमा सांसद अन्जना चौधरी, महिला तथा बालबालिका कार्यलय प्रमुख प्रभा श्रेष्ठ, जिल्ला विकास समितिका अधिकृत भरतकुमार मल्ल, जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक लोकबहादुर शाही, एडभोकेसी फोरमका प्रमुख बसन्त गौतम, सहकर्मी समाजका अध्यक्ष घनकुमारी शर्मा, पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे, जिल्ला अध्यक्ष रुद्र सुवेदी, एन प्याब्सनका वरिष्ठ उपाध्यक्ष कृष्ण जि.सी, अभिभावक लगायतको सहभागिता रहेको थियो ।

Hope School Dance

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी सांसद भारले छोटो समयमा विद्यालयले धेरै प्रगती गरी भावी दिनमा पनि अगाडी बढ्न शुभकामना दिए । बिद्यालयका प्रिन्सिपल केशवा रेग्मीले वार्षिक कार्यक्रममा वर्षभरीका क्रियाकलाप तथा भावी कार्यनीतिबारे अवगत गराईन् । कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै पुरस्कार वितरण गरिएको थियो ।

Womui
Womui