यूथ टुडेले मनायो चौथो वार्षिक उत्सव

92

नेपालगन्ज, फागुन २९–
नेपालगन्जबाट प्रकाशित हुदै आएको नेपाली र हिन्दी भाषाको पत्रिका युथ टुडे साप्ताहिकले शनिबार आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ । पत्रिकाका प्रकाशक तथा सम्पादक आलम खानको सभापतित्व एवम् नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदीको प्रमुख आतिथ्यमा वार्षिक उत्सव गरिएको हो । सो अवसरमा बोल्दै महासंघका अध्यक्ष सुवेदीले पत्रिकालाई निष्पक्ष र लोकतन्त्रको मार्यादा बुझेर काम गर्न सुझाव सुझाव दिए । निष्ठाको पत्रकारीता गर्न उनले आग्रह गरे ।

Samman pic

कार्यक्रममा पत्रकार डक्टप्रसाद धिताल, प्रेस यूनियन बाँकेका सचिव अर्जुन ओली, अशिष गुप्ता, एम लामिछाने, दुर्गा रोकाय, अधिवक्ता विश्वजित तिवारी, वनस्पति कार्यालयका प्रमुख सुरेन्द्र यादव, एमाले बाँकेका पूर्व सदस्य मोहम्मद साबिर खान, जामा मस्जिदका सदस्य इरफान सिद्धिकि, इस्लामी संघ भेरी जोन प्रमुख उबेदुर रहमान खान, जामा मस्जिदका निर्वतमान अध्यक्ष अब्दुल रहमान मियाँ लगायतले बोलेका थिए । सो क्रममा पत्रिकाको मिसनमा साथ दिएको भन्दै नेपाल इक्रा एजुकेशनल फाउण्डेशन र पत्रिकाको स्थापना कालदेखि नै कार्यरत पत्रिकाका प्रवन्धक डोलमाया पुन चौधरीलाई सम्मान गरिएको थियो ।

Womui
Womui