समावेशी स्कुलमा विज्ञान प्रर्दशनी

162

नेपालगन्ज, फागुन २८–
बिद्यार्थीहरुको अन्तर निहित प्रतिभाको प्रष्फुटन गर्न नेपालगन्जको एक निजि बिद्यालयले शुक्रबार विज्ञान प्रर्दशनी गरेको छ । नेपालगन्ज बसपार्क–५ बसपार्कस्थित समावेशी इंगलिस मिडियम स्कलुका कक्षा ३ देखि कक्षा ९ सम्मका बिद्यार्थीले माटा र कागजबाट निर्मित सामाग्री प्रर्दशन गरेका हुन् ।

Samabeshi- Since

बिद्यालयका प्रिन्सिपल हेमन्तराज काफ्लका अनुसार प्रर्दशनीमा १ सय ५० जना बिद्यार्थीको सहभागिता रहेको थियो । बिद्यार्थीको प्रर्दशनी अवलोकनपछि शैक्षिक तालिम केन्द्र विज्ञान विषयका प्रशिक्षक जगत खत्रीले शिक्षकले कक्षा कोठामा पनि शैक्षणिक क्रियाकलापमा प्रयोगात्मक शिक्षा सिकाउन जरुरी रहेको बताए ।

Samabeshi-Since ex

सो अवसरमा नेल्टा बाँकेका अध्यक्ष होमराज खड्काले कलाले बिद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्दै जाने विश्वास गरे । बिद्यालयका अभिभावक रमेश विसी, बिद्यालयका संस्थापक रेन्जी शेर्पा लगायतले यस्ता क्रियाकलापले बिद्यार्थीलाई आर्कषण बढाउन सहयोग पुग्ने बताए । प्रर्दशनीको बिद्यार्थी तथा अभिभावकले अवलोकन गरेका थिए ।

Womui
Womui