नेपालले मलेसियाको युवा टोलीसँग खेल्ने

42

काठमाडौं, फागुन २८–
नेपाली राष्ट्रिय फुटबल टिमले अर्को महिना मलेसियाको युवा टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । सुरुमा दुई देशको राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुने तय भए पनि निर्धारित मिति चैत १४ मा नेपालले मलेसियाको २३ वर्षमुनिको टोलीसँग खेल्नेगरी सहमति भएको अखिल नेपाल फुटबल संघले जनाएको छ । मलेसियाले चैत १६ मा मैत्री खेलका लागि नेपालसहित मकाउलाई पनि प्रस्ताव गरेकोमा दुवै देश तयार भएपछि पूर्व निर्धारित मितिमा मकाउसँग खेल्ने र नेपालसँग एक महिनापछि खेल्ने सहमति भएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए ।

उनका अनुसार मुख्यत मलेसियासँगको मैत्रीपूर्ण खेलका लागि दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीकै बाहुल्य रहनेछ । एन्फाका प्रवक्ता समेत रहेका तुलाधरले मैत्रीपूर्ण खेलका लागि युवा टोलीको तयारी आइतबारबाट सुरु हुने जानकारी दिए । अघिल्लो सातामात्र राजधानी आइपुगेका जापानी प्रशिक्षक ग्योटोकु कोजीको नेतृत्वमा युवा टोलीले मैत्रीपूर्ण खेल खेल्नेछ ।

Womui
Womui