कांग्रेस निर्वाचन : केन्द्रिय सदस्यमा शेखर कोइराला अगाडी

45

काठमाडौं, फागुन २८–
नेपाली कांग्रेसको केन्द्रीय सदस्य छान्नका लागि खुलातर्फमा भएको निर्वाचनको मत गणना तीन दिनयता जारी छ । बिहीबारदेखि सुरू भएको मत गणना शुक्रबार बेलुकासम्ममा खुला तर्फका ६ सय ५३ मत गनेर शनिबार बिहान सम्मकालागि स्थगित गरिएको छ । पछिल्लो मत नतिजामा शेखर कोइरालाले ३ सय ८४ मतसहित अग्रता लिएका छन् । यसअघि अग्रस्थानमा रहेका खुमबहादुर खड्का दोस्रो स्थानमा झरेका छन्, उनले ३ सय ८१ मत पाएका छन् ।

शेखर कोईराला ।
शेखर कोईराला ।

तेस्रो स्थानमा छन् प्रकाशमान सिंह, उनले ३ सय ७७ पाएका छन् । चौथो भएका छन् प्रदीप पौडेल, उनले ३ सय ७५ मत पाएका छन् । पाँचौं स्थानमा विमलेन्द्र निधि छन्, उनले ३ सय ६९ मत पाए । शुक्रबार बेलुका ८ बजेसम्म गरिएको गणना रोकेर शनिबार बिहानदेखि गणना गरिने निर्वाचन समितिले जनाएको छ ।

Womui
Womui