अपांगता बालकलाई बैशाखी वितरण

145

नेपालगन्ज, फागुन २८–
अपांगता बालकलाई बैशाखी (वाकर) वितरण गरिएको छ । अपांगता भएर हिडडुल गर्न नसक्ने नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ९ निवासी १७ बर्षीय अफजल इराकीलाई बाँके युनेस्को क्लबले बैशाखी प्रदान गरेको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा क्लबले संचालन गरेको एकिकृत परियोजना अन्तर्गत अपांगता इराकीलाई बैशाखी उपलब्ध गराएको बताइएको छ ।

walker

क्लबको कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रवेज अली सिद्दिकीले इराकीलाई बैशाखी हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष सिद्दिकीले अपांगता भएका बालबालिकालाई उपकरण वितरण गर्ने परियोजनामा ब्यवस्था भएकोले बैशाखी उपलब्ध गराइएको बताए । यसले इराकीलाई हिडडुल गर्नमा सहज हुनुका साथै हिड्ने बानी बस्ने विश्वास गरे ।

Womui
Womui