दिदी बलात्कार गर्नेलाई १६ वर्ष कैद

42

भक्तपुर, फागुन २८–
आफ्नै दिदीलाई बलात्कार गर्ने भाइलाई १६ वर्ष कैद सजाय र तीन लाख रुपैयाँ क्षतिपूर्तिको फैसला भएको छ । जिल्ला अदालत भक्तपुरका न्यायधिश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार न्यायाधीश भाइलाई कसुर ठहर गर्दै यस्तो फैसला गरेको हो । मध्यपुरथिमी नगरपालिका–१३ निकोसेरा घर भई हाल अनन्तलिङ्गेश्वर नगरपालिका–१२ दधिकोटमा बस्दै आएका २० वर्षका एक युवकले आफ्नै २२ वर्षिया दिदीलाई गत कात्तिक १२ गते जवरजस्ती बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको अदालतले जनाएको छ ।

अदालतले जवरजस्ती करणी महलको दफा ३ को उपदफा ५ अनुसार ६ वर्ष कैद र हाडनाता करणी १ नंको ८ बमोजिम थप १० वर्ष कैद गरी कुल १६ वर्ष कैद र भाइबाट रु तीन लाख क्षतिपूिर्त भराउने फैसला गरेको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिएका छन् । भाइविरुद्ध दिदीले प्रहरीमा उजुरी दिएपछि परिवारले पीडितलाई घरबाट र नोकरीबाट समेत सञ्चालकले निकालेपछि तत्कालका लागि पीडितलाई खान, बस्न र अध्ययन गर्नका लागि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गत लैंगिक हिंसा निवारण कोषबाट तत्कालका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने फैसला गरेको बताइएको छ ।

Womui
Womui