कृषि क्रान्तिबिना देशको उन्नति हुँदैन : महामन्त्री कोइराला

339

काठमाडौं, फागुन २८–
नेपाली काँग्रेसका नवनिर्वा्चित महामन्त्री डा. शशांक कोइरालाले कृषि क्रान्तिबिना नेपालको आर्थिक उन्नती हुन नसक्ने बताएका छन् । काँग्रेस सम्बद्ध नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको प्रथम अधिवेशनमा आज यहाँ महामन्त्री कोइरालाले नेपाली काँग्रेसले नेपाली जनताको उन्नतिका लागि व्यावसायिक कृषिलाई उच्च प्राथमिकतामा राखेको बताए ।

Sasanka Koirala

‘विपी कोइरालाको सरकारदेखि नै कृषिलाई उच्च प्राथमिकतामा राखेको र उहाँको पालामा समग्र बजेटको २७ प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजित गरिएको थियो,’ उनले भने । महामन्त्री कोइरालाले पार्टीभित्र देखिएको ६० र ४० को भागबन्डालाई आफूले अन्त्य गर्ने दाबी गरे । नेपाली जनताको लामो बलिदानी र संघर्ष पश्चात स्थापना भएको संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसले पहल गर्ने प्रतिवद्धता जनाए ।

Womui
Womui