‘सिन्डिकेट’ हिट्स एफएम म्युजिक अवार्डमा सर्वोत्कृष्ठ

139

काठमाडौं, फागुन २८–
सिन्डिकेट गीतले यस वर्षको हिट्स एफएम म्युजिक अवार्डमा तीनवटा अवार्ड जितेको छ । गायक विपुल क्षेत्रीले सर्वोत्कृष्ठ पुरुष गायन पप, पपरक संगीत सृजना, पप रक एल्बमको अवार्ड जितेका हुन् । राजधानीको आर्मी अफिर्सस् क्ल्बमा शुक्रबार आयोजित अवार्ड समारोहमा गायक क्षेत्रीलाई अवार्ड दिइएको हो । उनी यस वर्षको हिट्स एफएम म्युजिक अवार्डको सर्वा्धिक पाँच वटा विधामा मनोनयनमा परेका थिए ।

Hits FM Award 1

त्यस्तै ‘जिन्दगीले हिसाव माग्छ’ गीतबाट गायक अजर जंगमले सर्वोत्कृष्ठ गायन पुरुष गायन र वर्ष उत्कृष्ठ रेकर्ड र संगीतकार दीपक जंगमले संगीतको अवार्ड जितेका छन् । २०५४ सालमा सातवटा विधाबाट सुरु भएको हिट्स एफएम म्युजिक अवार्डको यो १९ औँ संस्करण हो । कार्यक्रममा सर्वोत्कृष्ठ चलचित्र गीत ‘जाम्ला’को लागि संगीतकार कालिप्रसाद बाँस्कोटले अवार्ड जिते । यसैगरी युगल गायन सत्यराज आचार्य र स्वरुपराज आचार्य, पप महिला क्रिष्मा अविगेल, नवकलाकार रोहित जोन क्षेत्री र सांगीतिक समूह ह्वाट द फंक व्याण्डले जितेको छ ।

Hits FM Award 3

Womui
Womui