बाँकेको कचनापुरमा आगलागी, चार चौपाया जलेर मरे

97

नेपालगन्ज, फागुन २८–
बाँकेको कचनापुर–५ मदुवामा झग्गुप्रसाद डाँगीको भान्सा घर र गोठमा आगलागी भएको छ । बिहीबार राती करिव १० बजेतिर डाँगीको भान्साघर र गोठ पुर्ण रुपमा जलेको हो । काठबाट निर्मित भान्सा र गोठ जलेर नष्ट हुँदा लाखौं रुपैयाँको क्षति भएको स्थानीय बासिन्दाले बताएका छन् । लक्ष्मी उच्च माध्यामिक बिद्यालय मदुईका प्राचार्य रुद्रबहादुर डाँगीका अनुसार आगलागीबाट २ बाख्रा तथा १/१ वटा भेडा र बोका जलेर मरेका छन् ।

‘आगो लागेको देख्ने वित्तिकै हामीहरु सबै जम्मा भयौं र आगो निभायौं,’ छिनछिन खबरलाई जानकारी दिदै उनले भने ‘दमकल नै बोलाउनुपर्ने स्थिती आएन ।’ आगो नियन्त्रणमा आउने क्रममा नजिकै रहेको प्रहरी पनि पुगेको स्थानीय बासिन्दाले बताए । आगलागी हुने वित्तिकै स्थानीय बासिन्दाहरु मिलेर आगो निभाएका थिए । आगलागीको एकिन कारण खुल्न नसकेपनि बिद्युत सट भएर लागेको हुन सक्ने आशंका गरिएको छ । गर्मियामको सुरुवात सँगै पछिल्लो समयमा आगलागीका घटनामा बृद्धि भइरहेको छ ।

Womui
Womui