‘बालश्रम राख्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ’

46

नेपालगन्ज, फागुन २७–
बालश्रम राख्नेलाई कानुनको दायरामा नल्याउँदा सम्म जिल्लामा बाल श्रमिकको संख्या नघट्ने एक कार्यक्रमका सहभागिले जोड दिएका छन् । सामाजिक, आर्थिक र साँस्कृतिक अवस्थाका कारण जिल्लामा बालश्रमिकको संख्या बढ्दै गएको भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने उनीहरुले सुझाव दिए । एकिकृत सामाजिक विकास केन्द्र (आइएसडीसी)नेपालले आयोजना गरेको बाल संरक्षण तथा बालश्रम न्यूनिकरण सम्वन्धी पत्रकारहरुसँगको समन्वय बैठकका सहभागीले बालश्रमको अवस्था दयनिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।

बाल संरक्षण पत्रकार समूह बाँकेका संयोजक निरज गौतमले एकातिरबाट बालश्रम उन्मुलनका लागि काम भएपनि अर्कोतिर दिनहुँ नयाँ ढंगले बालश्रमिक बढेर आउने गरेको बताए । ‘बालश्रमको विषयमा बोल्दैमा वा आवाज उठाउँदैमा बाल श्रमिकको संख्यामा कमी आउँदैन,’ उनले भने । सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य झलक गैरे, महासंघ बाँके शाखाका अध्यक्ष रुद्र सुवेदी, निर्वतमान अध्यक्ष शुक्रऋषी चौलागाई, महासंघका पुर्व केन्द्रिय सदस्य जनक नेपाल लगायतले बोलेका थिए ।

एकिकृत सामाजिक विकास केन्द्रका अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल दुई दर्जन बढी सञ्चारकर्मीको सहभागिता रहेको थियो । केन्द्रका कार्यक्रम संयोजक शेरबहादुर रौलेले बालसंरक्षण तथा बालश्रम न्यूनिकरण सम्वन्धी कार्यपत्र प्रस्तुत गरे ।

Womui
Womui