रेफ्री कोर्समा २५ जना उर्तिण

56

नेपालगन्ज, फागुन २७–
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरेको रेफ्री कोर्स सकिएको छ । कोर्समा मध्य तथा सुदुर पश्चिमका ७ जिल्लाका ३२ जना प्रशिक्षार्थी मध्ये २५ जना मात्र उर्तिण भएका छन् । प्रशिक्षणका क्रममा सुर्खेतका सुमन शाही उत्कृष्ठ प्रशिक्षार्थी घोषित भए ।

प्रशिक्षणमा सहभागि भएका विभिन्न जिल्लाका रेफ्री ।
प्रशिक्षणमा सहभागि भएका विभिन्न जिल्लाका रेफ्री ।

बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि एवम् एन्फाका केन्द्रिय सदस्य प्रदेशसिंह राठौर र रेफ्री ईन्सट्रक्टर सुरेन्द्र शिख्राकारले एक कार्यक्रमका बीच नयाँ रेफ्रीलाई ब्याज तथा प्रमाणपत्र वितरण गरेका थिए । यही फागुन २३ गते सञ्चालन भएको उक्त प्रशिक्षणमा बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कन्चनपुर र जुम्लाबाट सहभागि हुन नेपालगन्ज आएका थिए । पाँच दिन सम्म चलेको रेफ्री कोर्समा फिफा रेफ्रीद्धय सुरेन्द्र शिख्राकार लगायतले प्रशिक्षण दिएका थिए ।

Womui
Womui