राप्तीपारीको विकास र सुरक्षाप्रति सर्वसाधारण चिन्तित

127

नेपालगन्ज, फागुन २७–
राप्तीपारी क्षेत्रको विकास र शान्ति सुरक्षाप्रति सर्वसाधारण चिन्तित बनेका छन् । इन्सेक नेपालगन्ज, मेलमिलाप तथा विकास मञ्च र एभीन्यूज टेलिभिजनले बिहीबार राप्तीपारी बिनौनामा गरेको टेलिभिजन संवाद कार्यक्रममा बोल्ने सर्वसाधारणल चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेल ।
कार्यक्रममा बोल्दै इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेल ।

सर्वसाधारणले बिनौना र कचनापुर गाविसमा जोड्ने राप्ती नदिमा झोलुङ्गे पुल, बैजापुर गाविसको मोरंगा खोलामा पक्की पुल, अपलत्र अवस्थामा रहेको बिद्युतीकरणको काम यथासक्य सुचना गर्नुपर्ने लगायत माग राखेका थिए । बिनौना गाबिसमा प्रहरी चौकी नहुँदा महिला तथा किशोरीहरु असुरक्षित, समाजमा सामाजिक विकृती र विसंगती, चोरीका घटना बढेको पनि सर्वसाधारणको गुनासो छ ।

बिनौना–४ निवासी मेलमिलाप तथा विकास मञ्चकी संयोजक धनी ओलीले गाविसमा प्रहरी चौकी नहुँदा आफुहरुले असुरक्षा महसुस गरिरहेको गुनासो पोखिन् । सर्वसाधारणलाई सम्वोधन गर्दै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले द्वन्द्व समाधानका लागि सत्यको पहिचान हुनुपर्ने बताए । कार्यक्रममा बाँके क्षेत्र नम्बर–१ सांसद देवराज भारले स्थानीय समुदायले उठाएका विकास निर्माणका सवालमा विनौना, बैजापुर लगायतका गाविसमा छिटो भन्दा छिटो विजुली पुर्याउने प्रतिवद्वता जनाए ।

Sambad Sahavagi

मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक (डिआईजी) माधव नेपालले स्थानीयबासीले माग गरेअनुसार इलाका प्रहरी कार्यालय धामपुरमा एक हप्ताभित्रै महिला प्रहरी पठाउने प्रतिवद्वता जनाए । उक्त संवाद कार्यक्रम एभीन्यूज टेलिभिजनका मध्यपश्चिम क्षेत्रीय व्यूरो प्रमुख कृष्ण खनालले सञ्चालन गरेका थिए ।

Womui
Womui