फर्मुल्ला काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

38

काठमाडौं, फागुन २७–
नेपाली कांग्रेसको समावेशी मुस्लिम कोटातर्फ १ हजार २ सय २२ मतका साथ फर्मुल्लाह मन्सुर केन्द्रीय सदस्यमा निर्वा्चित भएका छन् । बिहीबार साँझ सम्पन्न समावेशी मुस्लिमतर्फको मत गणना परिणामअनुसार उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद आफताव आलमले १ हजार ४४ मत प्राप्त गरेको निर्वाचन समितिले घोषणा गरेको छ । यसै कोटातर्फका उम्मेदवार अब्दुल सतारले ४ सय ६०, अहमद मियाले १ सय ४, अरुण मानवले ४८ र हारुण रसिदले ४३ मत प्राप्त गरेका छन् ।

Farmulla Mansur

यस मत परिणामसँगै मन्सुर १३ औं महाविशेनबाट केन्द्रीय सदस्य निर्वा्चित हुने मध्येकै पहिलो बनेका छन् । संस्थापन पक्ष निकटका फर्मुल्लाह चुनावको केही दिन अगाडिमात्र क्याम परिवर्तन गर्दै देउवा प्यानलमा पुगेका थिए । बारा–३ बाट प्रत्यक्ष चुनाव जितेका उनी मधेसमा प्रभावशाली मानिन्छन् । मधेसमा देउवा पक्षको बलियो प्रभाव देखेर उनले क्याम्प परिवर्तन गरेको आरोप लाग्ने गरेको छ । अघिल्लो महाधिवेशनमा यही कोटामा चुनाव जितेका आलम यसपाली भने पराजित भएका हुन् । दोस्रो संविधान निर्वाचनमा रौतहट–२ बाट चुनाव हारेपनि मधेसमा आलमको प्रभाव राम्रै मानिन्छ ।

Womui
Womui