कांग्रेस महाधिवेशन : खुमबहादुर खड्का सबैभन्दा अगाडी

124

काठमाडौं, फागुन २६–
नेपाली कांग्रेसको १३ औं महाधिवेशनले निर्वाचित गर्ने खुलातर्फको २५ केन्द्रीय सदस्य पदमा भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ । गणनाको पहिलो दिन डेढ सय मत गनेर स्थगित गरिँदासम्म नवनिर्वाचित सभापति शेरबहादुर देउवा प्यानलका खुमबहादुर खड्काले अग्रता लिन सफल भएका छन् । दोस्रो चरणको परिणामसम्म अग्रता लिएका युवा नेता प्रदीप पौडेललाई पछि पार्दै खुमबहादुर अघि बढेका हुन् ।

Khum Bdr khadka

पौडेलले पहिलो र दोस्रो चरणमा अग्रता लिएका थिए । तर तेस्रो चरणमा खुमबहादुर अघि बढेका हुन् । उनलाई प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि, प्रदीप गिरी र प्रदीप पौडेलले पछ्याइरहेका छन् । २५ पदका लागि ९० जनाले प्रतिस्पर्धा गरेको खुल्ला केन्द्रीय सदस्यको तेस्रो चरणको मतपरिणाम अनुसार खड्काले सर्वाधिक ९४ मत ल्याउन सफल भएका छन् । निर्वाचन समितिले केन्द्रिय सदस्यहरुको मतगणना बिहीबार बिहानबाट पुनः सुरु गर्ने जनाएको छ ।

Womui
Womui