गणेशपुरमै किन हुन्छ पटक–पटक सडक दुर्घटना ?

55

नेपालगन्ज, फागुन २६–
नेपालगन्ज–५ गणेशपुर सल्यानी बंगाला जाने रोडमा बुधबार बेलुका ठुलो सडक दुर्घटना भएको छ । सल्यानी बंगालाबाट गणेपुरतर्फ जादै गरेको रा १ ख ७२६ नम्बरको ट्रिपर बिद्युतको पोलमा ठोकिएर दुर्घटनामा परेको हो । उक्त दुर्घटनाबाट मानविय क्षति नभएपनि पोलभन्दा केही पर रोकिएको ट्रिपरका सिसा फुटेका छन् । ‘घटनाको प्रकृती हेर्दा रोकिएको ट्रिपरमा केही इट्टा र ढुंगा प्रहार गरिएको देखिन्छ,’ घटनास्थलमा पुगेका प्रहरीले भने । प्रहरीका अनुसार ट्रिपरले विपरित दिसाबाट आइरहेको मोटरसाईकल र अटोरिक्सालाई जोगाउने क्रममा बिद्युतको पोलमा ठोक्किएको थियो ।

Tripar Accident 1

घुमाउरो ठाउँमा बिद्युत पोल सडकभित्रै गाडीएका कारण दुर्घटना हुन पुगेको प्रहरीको अनुमान छ । ‘पोलमा ठोक्किएको ठाउँमा ट्रिपरका सिसा नफुट्नु, केही पर रोकिएको ठाउँमा इट्टा र ढुंगा प्रहार भएको जस्तो देखिनुले तोडफोडमा स्थानीय बासिन्दाको संलग्नता रहेको देखिन्छ,’ प्रहरीले भने । स्थानीय एक प्रत्यक्षदर्शीले भने तिव्र गतिमा गुडेको ट्रिपर पोलमा ठोक्किएर अनियन्त्रित भई केही पर गएर सडक किनारामा रोकिएको र सोही ठाउँमा सिसाहरु फुटेको बताएका छन् ।

Tripar Accident 2

    दुर्घटना हुँदा सडकमा अन्य कुनैपनि सवारी साधन नभएको किराना पसल चलाएकी एक महिलाले बताईन् । एक महिना अघिपनि सोही ठाउँमा गाडिएको बिद्युत पोलमा ट्रक ठोक्किदा ठुलो दुर्घटना टरेको थियो । दही बेच्न हिडिरहेका साईकल यात्री उक्त दुर्घटनाबाट जोगिएका थिए ।

Tripar Accident 3

Tripar Accident 4

Tripar Accident 5

Tripar Accident 6

Womui
Womui