कांग्रेस महामन्त्रीमा शशांक, कोषाध्यक्षमा सितादेवी विजयी

66

काठमाडौं, फागुन २५–
नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट महामन्त्रीमा शशांक कोईराला र कोषाध्यक्षमा सितादेवी यादव निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट शेरबहादुर देउवा प्यानलका अर्जुननरसिंह केसीलाई ४ सय मतले पराजित गर्दै शशांक निर्वाचित भएका छन् । शशांकले १ हजार ४ सय १७ मत पाए । उनका निकटम प्रतिद्वन्द्वी केसीले १ हजार १७ मत प्राप्त गरे । महामन्त्रीमा विजयी भएका शशांक मेडिकल डाक्टर हुन् । उनी नवलपरासी–१ बाट प्रत्यक्षतर्फ विजयी सांसद समेत हुन् ।

लोकतान्त्रिक पद्धतिद्वारा कांग्रेस पदाधिकारीमा चयन भएका शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका पुत्र हुन् । नेपाली कांग्रेसको वैचारिक धरातल वीपी कोइराला नै रहेको नेताहरु बताउँछन् । कृष्ण सिटौला प्यानलबाट महामन्त्री पदमा प्रत्यासी बनेका गगन थापाले ५ सय ८४ मतमा चित्त बुझाए । यसैगरी कोषाध्यक्ष पदमा सीतादेवी यादव ९ मतले विजयी भईन् । रामचन्द्र पौडेल प्यानलबाट उम्मेदवार बनेकी सीतादेवी र देउवा प्यानलबाट उम्मेदवार भएकी चित्रलेखा यादवबीच चर्को प्रतिस्पर्धा भएको थियो । सितादेवीले १ हजार २ सय १७ मत पाइन्, भने चित्रलेखाले १ हजार २ सय ९ मतमा चित्त बुझाईन् ।

Womui
Womui