मोडेललाई जिल्ला लिग फुटबल उपाधी

30

नेपालगन्ज, फागुन २६–
मोडेल टिम सितापुर, बाँकेले एन्फा जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ । न्यू डाँफे स्पोर्ट्स क्लब खजुरालाई १ शुन्य गोलले पराजित गर्दै उपाधी हात पारेको हो । नेपालगन्ज रंगशालामा सम्पन्न फाइनल खेलमा मोडेल टिमका मनोज बुढामगरले गरेको एक गोल नै जितका लागि निर्णायक बनेको थियो । निर्धारित समयमा दुबै समुहले गोल गर्न नसकेपछि अतिरिक्त १५ मिनेटको समय थप गरिएको थियो । अतिरिक्त समयको ६ मिनेटमै मोडेल टिमले गोल गरेको हो ।

विजयी मोडेल टिम खेलाडीसँग सामुहिक फोटो खिचाउँदै प्रमुख अतिथी, अतिथी लगायत ।
विजयी मोडेल टिम खेलाडीसँग सामुहिक फोटो खिचाउँदै प्रमुख अतिथी, अतिथी लगायत ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै समुहले पटक–पटक गोल गर्न चुकाएका थिए । जितसँगै मोडेल टिमले नगद १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र तथा उपविजेता बनेको न्यू डाँफेले नगद ५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए ।

प्रतियोगिताका विजेता र उपविजेता टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी एवम् मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख(डिआईजी) माधव नेपाल, विशेष अतिथी एवम् मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, एन्फाका केन्द्रिय सदस्य प्रदेसिङ राठौर, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । संघले यही फागुन १६ गतेबाट प्रतियोगिता सञ्चालन गरेको थियो । उक्त प्रतियोगितामा एन्फामा आवद्ध जिल्लाका १४ वटा क्लबको सहभागिता रहेको थियो ।

Womui
Womui