महामन्त्री र कोषाध्यक्षको मत गणना दिउँसो हुने

143

काठमाडौं, फागुन २५
नेपाली कांग्रेसको महामन्त्री, कोषाध्यक्ष सहित केन्द्रीय सदस्यको मत गणना मंगलबार दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । सभापतिको मत परिणाम आइसकेको छ । वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भइसकेका छन् । कांग्रेसको निर्वाचन समितिले अब महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरुको मत गणना सुरु गर्ने निर्णय गरेको छ । दिउँसो १ बजेबाट पार्टी कार्यालय सानेपामा मतगणना सुरु हुने गोपाल कृष्ण घिमिरेले जानकारी दिए ।

Congresh Mahamantri

घिमिरेका अनुसार महामन्त्री र कोषाध्यक्षको मत परिणाम साँझसम्म आइसक्नेछ भने अरुको समय लाग्नेछ । महामन्त्रीमा देउवा प्यानलबाट अर्जुननरसिंह केसी, रामचन्द्र पौडेलको प्यानलबाट शशांक कोइराला र कृष्णप्रसाद सिटौलाको प्यानलबाट गगन थापा तथा कोषाध्यक्षमा देउवा प्यानलबाट चित्रलेखा यादव, पौडेलबाट सितादेवी यादव, सिटौला प्यानलबाट उमाकान्त चौधरी तथा स्वतन्त्रबाट कृष्ण कार्की चुनावी मैदान रहेका छन् ।

Womui
Womui