रामचन्द्रले न पाए प्रधानमन्त्री, न त पाए सभापति ?

102

काठमाडौं, फागुन २५–
नेपाली कांग्रेसमा वैचारिक एवं सादगी नेताको छवि बनाएका रामचन्द्र पौडेल शेरबहादुर देउवासँग पार्टी सभापतिमा भारी मतले पराजित भएका छन् । यो पराजयसँगै पौडेलको राजनीतिक भविश्य संकटमा परेको छ । रामचन्द्र पौडेलको पराजयसँगै प्रकाशमान सिंह, डा. रामशरण महत र सुजाता कोइराला लगायतका नेताहरुको राजनीतिक ‘करिअर’मा पनि ग्रहण लाग्ने संकेत देखिएको छ । रामचन्द्र पौडेलतिर लागेका डा. शशांक कोइराला महामन्त्रीमा चुनाव लडेका छन्, उनको राजनीतिक भविश्यको छिनोफानो सानेपामा हुने मतगणनाले लगाउनेछ ।

Ram Chandra Paudel- Congresh

पौडेलको प्यानलमा रहेका केन्द्रीय सदस्यहरुको करिअर पनि त्यही सानेपामा रहेका मतपेटिकाले निर्धारण गर्नेछन् । हुनत शेरबहादुर देउवाले सभापतिमा जित्नुअगावै भनिसकेका छन् कि मैले जितें भने कसैले पनि कांग्रेस छाड्नुपर्दैन, म सबैलाई साथैमा लिएर, कसैलाई भेदभाव नगरिकन अगाडि बढ्नेछु । तर, देउवाले यसो भनिरहँदा उनले जीत हात पारेकै दिन उनी निकटका नेता वालकृष्ण खाँडले भनिसकेका छन् कि अबको प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । यो अवस्थामा एउटा गम्भीर प्रश्न के आउँछ भने रामचन्द्र पौडेल, जसले प्रधानमन्त्रीका लागि १७ पटकसम्म असफल प्रयास गरेका थिए, अब उनको प्रधानमन्त्री बन्ने पालो कहिले आउला ? सम्भवतः अब देउवाको चार वर्षे कार्यकालमा रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन देउवालाई उनकै गुटका नेताहरुले दिने छैनन् । र, कांग्रेसमा देउवा गुट बलियोसँग हावी हुनेछ ।

देउवाले चाहँदैमा उनको कोटरीले कोइराला, पौडेल वा महतहरुलाई ठाउँ दिने अनुमान लगाउन सकिँदैन । नेपाली कांग्रेसमा कोइराला समूहको बर्चश्व रहेका बेला घुमाई–घुमाई सत्ताको स्वाद चाख्दै आएका डा. रामशरण महतले पछिल्लो समययमा आफैं सभापतिमा उठ्छु भन्दै रामचन्द्र पौडेलसँग बार्गेनिङ गरेका थिए । तर, आफूलाई पाटीभित्रको एकमात्र अर्थविद् ठान्दै आएका डा. महतको राजनीति अब धरापमा परेको छ । अझै देउवा पक्षका नुवाकोटे नेता अर्जुननरसिंह केसीले महामन्त्री जिते भने रामशरण महतका लागि आगामी राजनीतिक यात्रामा थप दुरहपूर्ण हुन सक्छ ।

देउवाको उदयसँगै रामशरण महत सरह अर्का दुखिया पात्र बन्न पुगेका छन् गणेशमानपसुत्र प्रकाशमान सिंह । देउवा क्याम्प छाडेर कोइराला क्याम्पतिर लागेर सुशील कोइरालाको साथ लिई सत्ताको राम्रो रसस्वादन गरेका सिंहले अन्तिम समयमा पनि देउवालाई सघाएनन् र रामचन्द्रसँगै पदको बार्गेनिङ गरिरहे । फलतः सिंहको राजनीतिक भविश्य पनि रामचन्द्रको पराजयसँगै संकटमा परेको छ । त्यसैगरी सभापतिमा चुनाव लड्ने बताएर अन्तिममा रामचन्द्रसँग तीनबुँदे सहमति गरेकी सुजाता कोइरालाको पार्टी उपसभापति बन्ने सपनामा पनि देउवाको जितले गतिलो ठेस लगाइदिएको छ ।

नेपाली कांग्रेसमा कोइराला खेमाबाट उदाएका प्रभावशाली नेता महेश आचार्य, देउवा समूहबाट पौडेल समूहतिर लागेका डा. मीनेन्द्र रिजाल लगायतका क्षमतावान नेताहरुलाई अब देउवाले कसरी साथमा लिएर हिँड्छन् भन्ने प्रश्न छ । बरु रामचन्द्र पौडेलसँग जोरी खोजेर बेग्लै गुट खडा गरेका कष्ण सिटौलाले भने आफ्नो राजनीतिक भविश्य डा. रामशरण महत र प्रकाशमान सिंहले भन्दा बुद्धिमत्तापूर्ण ढंगबाट सुरक्षित गरेका छन् ।

onlinekhabar.com

Womui
Womui