कांग्रेस महाधिवेशन : दोस्रो चुनावमा २८ मत कम खस्यो

50

काठमाडौं, फागुन २४—
राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सभापति चयनका लागि सोमबार भएको दोस्रो निर्वाचनमा पहिलो चरणको भन्दा २८ मत कम खसेको छ । सोमबार दिउँसो २ बजेदेखि बेलुका ६ः४५ सम्म राष्ट्रिय सभागृहमा भएको निर्वाचनमा कूल ३ हजार १ सय २० मात्र खसेको छ । आइतबार भएको निर्वाचनमा कूल ३ हजार १ सय ४८ मत खसेको थियो। त्यसमध्ये १०० मत बदर भएका थिए । नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनले सभापति चयन गर्न नसकेपछि दोस्रो चरणको चुनाब भएको हो ।

Ser- Ram NC Election

पहिलो चरणको चुनामा सभापतिका तीन प्रत्यासीमध्ये कसैले पनि बहुमत ५० प्रतिशतभन्दा बढी पुर्याआउन नसक्दा नेतृत्व छनौट प्रक्रिया लम्बिएर सोमबार फेरि चुनाब गर्नु परेको हो । दोस्रो चरणको मतदानमा सिटौला सहभागी भएनन् । मतदान सुरु हुनुभन्दा पहिला विज्ञप्ती जारी गर्दै सिटौलाले आइतबारको मतको कदर गर्दै चुनाबमा नगई नेतृत्व चयन गर्न आग्रह गरेका थिए । उनको सुझावलाई भने कदर गरिएन् ।

Womui
Womui