राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनीमा चहलपहल

164

नेपालगन्ज, फागुन २४–
कोहलपुरमा जारी दोस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीमा सोमबार पनि विशेष चहल पहल देखिएको छ । कृषि विकास मन्त्रालय, कृषि विभाग, कृषि इन्जिनियरिङ निर्देशनालय र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा आइतबारबाट प्रदर्शनी सुरु भएको हो । पाँच दिन सम्म चल्ने प्रदर्शनीको कृषि मन्त्री हरिबोल गजुरेलले एक समारोहका बीच उद्घाटन गरेका थिए । प्रदर्शनीमा कृषि यन्त्र सम्वन्धी १ सय ५० वटा स्टलहरु रहेका छन् ।

कृषि यान्त्रीकरण प्रर्दशनी अवलोकन गर्दै ।
कृषि यान्त्रीकरण प्रर्दशनी अवलोकन गर्दै ।

करिव ४५ जिल्लाका ५० हजार बढीलाई अवलोकन गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा ठुला कृषि औजारको बुकिङ तथा साना औजारहरु खरिद गर्ने व्यवस्था मिलाइएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भुकृष्ण श्रेष्ठले जानकारी दिए । प्रर्दशनीमा स्टल राख्न तथा अवलोकन निःशुल्क रुपमा गरिएको आयोजकको भनाई छ । कृषियन्त्र उपकरणहरु तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पु¥याउन, कृषि यान्त्रिकरण प्रर्वद्धनमा सहयोग पु¥याउन, लगानीका अवसर सिर्जना गर्न, व्यवसायिक चेतना अभिवृद्धि गर्न लगायत उद्धेश्य लिइएको आयोजकले जनाएको छ ।

Krisi Yantri Pradaani 2

Womui
Womui